Sunday, January 8, 2012

मनिषाले डिभोर्स गर्दै


नायिका मनिषा कोइराला र पतिसम्राट दाहालवीचको सम्बन्ध बिग्रन थालेका हल्ला बिबाह गरेको केही समयपछि नै सार्वजनिक भएका हुन् । आफ्नै फेसबुकमार्फत हल्लालाई आधार दिने खालका अभिब्यक्ति सार्वजनिक गरेकी मनिषा कानुनीरुपमा अझैपनि सम्राट दाहालकी पत्नी हुन् ।
तर एक महिना भारत भ्रमणमा गएकी मनिषाले आफ्नै अपार्टमेन्टमा आयोजित साथीभाईवीचको पार्टीमा चाँडै सम्बन्ध बिच्छेद गर्न लागेको मनिषाले बताएकी छन् । अक्सर केही नयाँ कुरा सार्वजनिक गर्नुपरे साथीभाईको जमघट रोज्ने मनिषाले हालै यस्तो घोषणा गरेको टाइम्स अफ इन्डियाले छापेको छ ।
डेढ वर्षअघि आफुभन्दा ७ बर्ष कान्छा सम्राट दाहालसँग लगनगाँठो कसेकी मनिषाको बिहे भएको ६ महिनापछि नै मनिषाले फेसबुकमार्फत आफुले सम्बन्धविच्छेद गर्न चाहेको बताएकी थिइन् । त्यसको केही समयपछि उनी फेसबुकमार्फत नै आक्रामक रुपमा प्रस्तुत हुँदै श्रीमान सम्राट आफ्नो सबैभन्दा खराब सत्रु भएको बताइन् । असमझदारीका बाबजुत मनिषा र सम्राटको दाम्पत्य जीवन झण्डै डेढ वर्ष चलेपनि अब भने उनीहरु छिटै छुटि्टने पक्का भएको समाचारमा उल्लेख छ ।
सम्बन्ध विच्छेदका लागि अब छिटै अदालती प्रक्रिया सुरु गर्ने मनिषाले बताएकी छिन् । मनिषा अब मुम्बइतिरै बस्ने सोँचमा छिन् । मुम्बइको आफ्नै निवासमा पुराना साथीहरुलाई बोलाएर पार्टी दिएकी मनिषाले फेरी बलिउडमा फर्किने इच्छा पनि जाहेर गरिन् । बलिउडमा फेरी फर्किन चाहेको अवसरमा मनिषाले पार्टी दिएकी हुन् वा श्रीमान सँग सम्बन्ध विच्छेद हुन लागेको खुसीयालीमा त्यो चाहीँ बुझ्न सकिएन ।

Thursday, December 1, 2011

सुष्मासँग राजेशको रोमान्स (फोटो फिचर सहित)


नायक राजेश हमालले नायिका सुष्मा कार्कीर्र्लाई बिस्तारै आफ्नो अंगालोमा राखे र निधारमा चुम्बन गरे । चारैतिरबाट सजाईएको बेडमा लजाउँदै बसेकी सुष्माले पनि राजेशको ओठमा चुम्बन गरिन् । यसपछि नायक हमालले सुष्मासँग ईशारामा सेक्सको अफर गरे । सुष्माले पनि उनको अफरलाई सहजै स्वीकार गरिन् । सुष्मालाई बेडमा बिस्तारै पल्टाएर नायक हमालले उनको गाउनको माथिल्ला भाग खोलीदिए । सुष्माले पनि हमालको सर्ट खोलिन् र चुम्न थालिन् । सुष्माको चुम्बनले राजेश लगभग उत्तेजित भैसकेका थिए । यतिकैमा, निर्देशकले ‘ओके कट’ भने ।
चलचित्र ‘मेरो जीवन साथी’का लागि नायक हमाल र नायिका कार्कीले दिएको ‘बेड सिन’को दृश्य हो यो । झण्डै साढे २ घन्टा लगाएर छायांकन गरिएको यो दृश्यमा नायक हमाल र नायिका कार्कीले खुलेर दृश्य दिए । शुरुवातमा यो दृश्य दिनका लागि दुवैले आनाकानी गरेपनि निर्देशक दिवाकर भट्टराईको आधा घन्टा लामो संझाईवुझाईपछि दुवै सहमत भए । दृश्य दिने समयमा कैयौं पटक दुवैले ‘यति भए त भैहाल्छ नि’ भनेर निर्देशकसँग आग्रह गरेका थिए । तर, निर्देशक भट्टराईले हुँदैन भन्दै दुवैलाई यो दृश्य खिचाएका थिए ।
राजेश हमालसँग पहिलोपटक यस्तो हट सिन दिनु परेकाले पनि हुनसक्छ नायिका कार्की सुटिङ अवधिभर धेरै नै नर्भस देखिएकी थिईन् । चलचित्र ‘मेरो जीवन साथीका लागि यी दुईले दिएको यो दृश्य भ्यालेन्टाईनको दिनमा प्रेमी र प्रेमिकाबीच हुने रोमान्सको हो । चलचित्र चलाउनैका लागि तयार पारिएको यो रोमान्सले सिनेमालाई फाईदा पुर्याउँछ या पुर्याउँदैन, त्यो त हेर्न बाँकी नै छ ।
 
 

कसरी गर्छ भ्यागुताले भुइँचालोको पूर्वानुमान ?


केही जनावरहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्छन् । दूलाबाट बाहिर निस्किएर मुसा यत्रतत्र भाग्नु, कुकुर जोडसँग भुक्नु, चराहरु एक्कासी उड्नु तथा भ्यागुता र माछा पोखरी वा नदीबाट बाहिरतिर भाग्नु भुइाचालो आउनसक्ने संकेत हुन् भनिन्छ ।
यी जीवहरुले भुइँचालो आउन लागेको कसरी थाहा पाउँछन् होला ? यसको पूरा उत्तर वैज्ञानिकहरुले पनि अहिलेसम्म दिन सकेका छैनन् । तर पानीमा बस्ने जिवहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्नुको कारण भने हालै पत्ता लागेको छ ।
इटालीका वैज्ञानिकहरुले भुकम्पीय कम्पनले पानीको रासायनिक गुणमा गराउने परिवर्तनका कारण जलचर जलचर जिवले भुइँचालोको पूर्वानुमान गर्न सकेका हुन् । भुकम्पको धक्का मान्छेले महसुस नगर्दै जमिनमुनि हुने कम्पनले भूमिगत पानीमा विभिन्न खनिज तत्व मिसिन जान्छ ।
यसरी खनिज तथा अन्य रसायन मिसिएको पानी मूल हुँदै बाहिर आएपछि उक्त पानी मिसिएका ठाउँमा बस्ने भ्यागुता तथा माछा लगायतका जीवले पानीको रासायनिक परिवर्तन महसुस गर्दछन् । पानीको रासायनिक गुण एक्कासी परिवर्तन हुँदा भ्यागुता तथा माछा लगायतका जलचर आत्तिँदै पानी बाहिर हाम फाल्दछन् ।
यसरी भ्यागुता तथा माछा एकाएक पानी बाहिर हाम फाले भने हामीले बुझ्नुपर्छ अब केही समयपछि नै भुइँचालो वा अरु कुनै भौगर्भिक घटना हुन गैरहेको छ ।
जलचरहरुले कसरी भुइँचालो आउन थालेको पत्ता लगाउाछन् भन्ने विषय पत्ता लगाउन इटालीका वैज्ञानिकहरुले पोखरीको पानीको रासायनिक गुणमा परिवर्तन पछि भ्यागुताले देखाउने प्रतिक्रियाको अध्ययन गरेका थिए । पछिल्लो तथ्यबाट अहिलेसम्म पूर्वानुमान सम्भव नभएको भुइँचालोको भविष्यवाणी गर्न जनावरको व्यवहारको प्रयोग कामयावी 

Friday, November 25, 2011

!!! एकै बेतमा १७ नाग !!!


धेरै मानिसको र्सप भनेपछि आङै सिरिंग हुन्छ । एकदुइ वटा र्सप आफ्ना अगाडि देख्दा त सातोपुत्लो उड्छ भने एकै ठाउँमा १८ वटा र्सप देख्दा कस्तो होला – भारतको महाराष्ट स्थित चन्द्रपुर जिल्लाको पिपल गाउँमा एक नागिनीले १७ वटा बच्चा पाएपछि गाउँले छक्क मात्र परेनन् त्यतिधेरै र्सपको व्यवस्थापन गर्न र्सप विशेषज्ञलाई पनि हम्मेहम्मे भयो ।
स्थानीय एक जना किसानको खेतमा नागिनीले त्यतिधेरै बच्चा पाएकी थिइ । जब ती किसान खेतमा गए त्यतिधेरै र्सप एकैठाउँ देखेर उनको होशहवास उड्यो । खेतमा एकैठाउँ र्सवको बगाल भएको कुरा एक कान दुइकान मैदान हुँदै गाउँभरी फैलियो । त्यसपछि सबै गाउँले र्सपको बथान हेर्न खेलमा जम्मा भए ।
गाउँलेहरुले ती र्सपलाई त्यहाँबाट हटाएर सुरक्षित ठाउँमा लैजान र्सप विज्ञलाई बोलाए । र्सप विज्ञको टोलीले ती र्सपलाई पक्रिने धेरै कोसिस गरे तर नागिनीले फँडा फैलाएपछि उनीहरु डराए । अरु साना बच्चा नाग पनि यताउता भाग्न थाले । धेरै बेरको प्रयासपछि अन्ततः र्सपविज्ञहरुले नागिनी सहित उसका १७ बच्चालाई पक्डेर सुरक्षित स्थानमा लगी छोडिदिए ।
हुनत कुनैकुनै प्रजातिको र्सपले ७० वटासम्म बच्चा पाउने गर्छ । कतिपय फूल पार्ने प्रजातिका र्सपले त्यो भन्दा पनि कैयौँ धेरै फूल पार्दछन् । किताबमा यस्तो कुरा पढेपनि धेरैलाई यतिधेरै र्सपका बच्चा र फूल देख्ने अवसर नजुटेको हुनसक्छ । त्यसैले नागले १७ वटा बच्चा पाएको खबर समेत अधिकांसको लागि आर्श्चर्यको घटना हो ।


भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोला http://www.youtube.com/watch?v=THTyG34cQs8&feature=player_embedded

अनौठो बालकको जन्म : चार हात , चार खुट्टा


भारतको उत्तरप्रदेशस्थित ज्योतिबाफूलेनगरको जोहा इलाकामा बाजो देवी नामकी महिलाले विचित्रको बच्चा जन्माएकी छिन् । स्थानीय अस्पतालमा उक्त बालकलाई देखेर सर्वसाधारण मात्र होइन डाक्टरहरु पनि चकित बनेका छन् ।
उक्त अनौठो नवजात शिशुका ८ वटा हातखुट्टा छन् । बालकका ४ वटा हात र ४ वटा खुट्टा छन् । अस्पतालमा उक्त शिशुलाई हेर्नेहरुको ताँती लागेको छ । बच्चा अहिलेसम्म जिवित भएपनि बााच्ने सम्भावना कम रहेको डाक्टरहरुले बताएका छन् ।
गर्भमा रहादा भ्रुण अवस्थामै जब सरीरका अंगको विकाश हुनथाल्छ त्यसबेला उत्पन्न हुने गडबडीले यस्ता सारिरिक समस्या देखा पर्ने गरेका चिकित्सकहरु बताउाछन् । यस्तो सारिरिक विचित्रपन भएको शिशु जन्मिने सम्भावना लाखमा एक मात्र हुने उनीहरुको भनाइ छ ।