५ मंसिर, काठमाण्डौं ।अमेरिकी सरकारले हरेक वर्ष चिट्ठामार्फत छनौट गरि प्रदान गर्ने डाइभर्सीटी भिसा (डिभी)आबेदकको संख्यामा उल्लेख्य कमी आएको छ । अमेरिकी विदेश मन्त्रालयको पछिल्लो तथ्याङ्कले यो वर्ष अमेरिकी डिभी चिट्ठा भर्नेको संख्या अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले घटेको देखाएको छ ।
अमेरिकी सरकारले प्रदान गर्ने विभिन्न २ सय प्रकारका भिसामध्ये डिभी सवैभन्दा सजिलो र धेरै समय वसोवास गर्न मिल्ने अर्थात दश वर्षे भिसा हो । यो भिसामार्फत अमेरिकाको नागरिक हुनका लागि सजिलो हुन्छ ।
यो वर्ष धेरै डिभी भर्ने देशहरुमा नाइजेरिया, घाना र युक्रेन पहिलो ३ स्थानमा परेका छन् । नाइजेरियाबाट १३ लाख ६० हजार, घानाबाट ९ लाख ९ हजार तथा युक्रेनबाट ८ लाख ५३ हजार जनाले डिभि चिट्टा भरेका छन् । जबकी अघिल्लो वर्ष बंगलादेशबाट मात्रै ७६ लाख जनाले डिभी भरेका थिए । बंगलादेश धेरै वर्षसम्म बढि डिभी भर्ने देशको रुपमा रहेपनि अमेरिकी श्रम विभागको प्राथमिकता सूचिमा नपरेकाले कम बंगलादेशीलाई मात्र भिसा दिइन्थ्यो । अधिकांश आवेदकलाई चिट्टा नपरेपछि यो पटक डिभी भर्ने बंगलादेशीको संख्या निकै घटेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यसैबीच डिभी चिट्टा भर्नेहरुको संख्या आउँदा वर्षहरुमा झनै घट्ने अनुमान गरिएको छ । अर्को वर्षदेखि विद्युतिय गोलाप्रथामा शुल्क लगाउने प्रावधान लागु हुने भएपछि डिभी भर्नेको संख्या निकै कम हुने अनुमान गरिएको हो । डिभी चिट्टा भर्नका लागि अब विदेशीले ३० अमेरिकी डलर तिर्नुपर्ने विधयेक सिनेटले अघिल्लो महिना तयार पारेको थियो । अब अर्को वर्षदेखि अमेरिकी गि्रन कार्ड पाउने आशामा डिभी भर्नेहरुले ३० अमेरिकी डलर तिर्नुपर्नेछ । अहिले निःशुल्क रुपमा भर्न पाइन्छ । डिभीबाट हरेक वर्ष ५५ हजार विदेशीले अमेरिकी गि्रन कार्ड पाउने गरेका छन् । यो वर्षकोे नतिजा सन् २०१२ को मे महिनामा सार्वजनिक हुनेछ ।
अहिलेसम्म कति नेपालीलाई पर्यो ?
त्यसो त डिभी परेर अमेरिका आउने नेपाली आप्रवासीहरुको अनुभव सुखद र दुःखद दुवै पाइन्छ । कतिपय नेपालमा उच्च ओहदामा रहेका व्यक्तिहरु डिभी परेर अमेरिका आइ यहाँ भने जस्तो रोजगारीका अवसर नपाउँदा खिन्न भएका छन् भने कतिपय युवाहरु डिभि परेर यहाँ आएर राम्रो रोजगारी र अध्ययनका अवसर प्राप्त गरेका छन् । डिभि पर्नेहरुको अनुभव छ- अमेरिकामा भनेजस्तो रोजगारको लागि डिभी गेटपास भएपनि भाषिक र सम्वन्धित विषयको दक्षता चाहिने रहेछ ।
डीभी अमेरिका प्रवेशको माध्यम भएपनि अमेरिकामा काम पाउने ग्यारेन्टी हुँदैन् । भाषा तथा प्राबिधिक सीप र शिक्षाको अत्यन्तै जरुरी हुन्छ काम पाउनका लागि । डीभी पर्दैमा अमेरिका गएर सुख पाइन्छ भन्ठान्नेहरु अमेरिकामा आएर भनेजस्तो रोजगारी नपाउँदा खिन्न हुने गरेका छन् ।
No comments:
Post a Comment