Thursday, December 1, 2011

सुष्मासँग राजेशको रोमान्स (फोटो फिचर सहित)


नायक राजेश हमालले नायिका सुष्मा कार्कीर्र्लाई बिस्तारै आफ्नो अंगालोमा राखे र निधारमा चुम्बन गरे । चारैतिरबाट सजाईएको बेडमा लजाउँदै बसेकी सुष्माले पनि राजेशको ओठमा चुम्बन गरिन् । यसपछि नायक हमालले सुष्मासँग ईशारामा सेक्सको अफर गरे । सुष्माले पनि उनको अफरलाई सहजै स्वीकार गरिन् । सुष्मालाई बेडमा बिस्तारै पल्टाएर नायक हमालले उनको गाउनको माथिल्ला भाग खोलीदिए । सुष्माले पनि हमालको सर्ट खोलिन् र चुम्न थालिन् । सुष्माको चुम्बनले राजेश लगभग उत्तेजित भैसकेका थिए । यतिकैमा, निर्देशकले ‘ओके कट’ भने ।
चलचित्र ‘मेरो जीवन साथी’का लागि नायक हमाल र नायिका कार्कीले दिएको ‘बेड सिन’को दृश्य हो यो । झण्डै साढे २ घन्टा लगाएर छायांकन गरिएको यो दृश्यमा नायक हमाल र नायिका कार्कीले खुलेर दृश्य दिए । शुरुवातमा यो दृश्य दिनका लागि दुवैले आनाकानी गरेपनि निर्देशक दिवाकर भट्टराईको आधा घन्टा लामो संझाईवुझाईपछि दुवै सहमत भए । दृश्य दिने समयमा कैयौं पटक दुवैले ‘यति भए त भैहाल्छ नि’ भनेर निर्देशकसँग आग्रह गरेका थिए । तर, निर्देशक भट्टराईले हुँदैन भन्दै दुवैलाई यो दृश्य खिचाएका थिए ।
राजेश हमालसँग पहिलोपटक यस्तो हट सिन दिनु परेकाले पनि हुनसक्छ नायिका कार्की सुटिङ अवधिभर धेरै नै नर्भस देखिएकी थिईन् । चलचित्र ‘मेरो जीवन साथीका लागि यी दुईले दिएको यो दृश्य भ्यालेन्टाईनको दिनमा प्रेमी र प्रेमिकाबीच हुने रोमान्सको हो । चलचित्र चलाउनैका लागि तयार पारिएको यो रोमान्सले सिनेमालाई फाईदा पुर्याउँछ या पुर्याउँदैन, त्यो त हेर्न बाँकी नै छ ।
 
 

कसरी गर्छ भ्यागुताले भुइँचालोको पूर्वानुमान ?


केही जनावरहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्छन् । दूलाबाट बाहिर निस्किएर मुसा यत्रतत्र भाग्नु, कुकुर जोडसँग भुक्नु, चराहरु एक्कासी उड्नु तथा भ्यागुता र माछा पोखरी वा नदीबाट बाहिरतिर भाग्नु भुइाचालो आउनसक्ने संकेत हुन् भनिन्छ ।
यी जीवहरुले भुइँचालो आउन लागेको कसरी थाहा पाउँछन् होला ? यसको पूरा उत्तर वैज्ञानिकहरुले पनि अहिलेसम्म दिन सकेका छैनन् । तर पानीमा बस्ने जिवहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्नुको कारण भने हालै पत्ता लागेको छ ।
इटालीका वैज्ञानिकहरुले भुकम्पीय कम्पनले पानीको रासायनिक गुणमा गराउने परिवर्तनका कारण जलचर जलचर जिवले भुइँचालोको पूर्वानुमान गर्न सकेका हुन् । भुकम्पको धक्का मान्छेले महसुस नगर्दै जमिनमुनि हुने कम्पनले भूमिगत पानीमा विभिन्न खनिज तत्व मिसिन जान्छ ।
यसरी खनिज तथा अन्य रसायन मिसिएको पानी मूल हुँदै बाहिर आएपछि उक्त पानी मिसिएका ठाउँमा बस्ने भ्यागुता तथा माछा लगायतका जीवले पानीको रासायनिक परिवर्तन महसुस गर्दछन् । पानीको रासायनिक गुण एक्कासी परिवर्तन हुँदा भ्यागुता तथा माछा लगायतका जलचर आत्तिँदै पानी बाहिर हाम फाल्दछन् ।
यसरी भ्यागुता तथा माछा एकाएक पानी बाहिर हाम फाले भने हामीले बुझ्नुपर्छ अब केही समयपछि नै भुइँचालो वा अरु कुनै भौगर्भिक घटना हुन गैरहेको छ ।
जलचरहरुले कसरी भुइँचालो आउन थालेको पत्ता लगाउाछन् भन्ने विषय पत्ता लगाउन इटालीका वैज्ञानिकहरुले पोखरीको पानीको रासायनिक गुणमा परिवर्तन पछि भ्यागुताले देखाउने प्रतिक्रियाको अध्ययन गरेका थिए । पछिल्लो तथ्यबाट अहिलेसम्म पूर्वानुमान सम्भव नभएको भुइँचालोको भविष्यवाणी गर्न जनावरको व्यवहारको प्रयोग कामयावी 

Friday, November 25, 2011

!!! एकै बेतमा १७ नाग !!!


धेरै मानिसको र्सप भनेपछि आङै सिरिंग हुन्छ । एकदुइ वटा र्सप आफ्ना अगाडि देख्दा त सातोपुत्लो उड्छ भने एकै ठाउँमा १८ वटा र्सप देख्दा कस्तो होला – भारतको महाराष्ट स्थित चन्द्रपुर जिल्लाको पिपल गाउँमा एक नागिनीले १७ वटा बच्चा पाएपछि गाउँले छक्क मात्र परेनन् त्यतिधेरै र्सपको व्यवस्थापन गर्न र्सप विशेषज्ञलाई पनि हम्मेहम्मे भयो ।
स्थानीय एक जना किसानको खेतमा नागिनीले त्यतिधेरै बच्चा पाएकी थिइ । जब ती किसान खेतमा गए त्यतिधेरै र्सप एकैठाउँ देखेर उनको होशहवास उड्यो । खेतमा एकैठाउँ र्सवको बगाल भएको कुरा एक कान दुइकान मैदान हुँदै गाउँभरी फैलियो । त्यसपछि सबै गाउँले र्सपको बथान हेर्न खेलमा जम्मा भए ।
गाउँलेहरुले ती र्सपलाई त्यहाँबाट हटाएर सुरक्षित ठाउँमा लैजान र्सप विज्ञलाई बोलाए । र्सप विज्ञको टोलीले ती र्सपलाई पक्रिने धेरै कोसिस गरे तर नागिनीले फँडा फैलाएपछि उनीहरु डराए । अरु साना बच्चा नाग पनि यताउता भाग्न थाले । धेरै बेरको प्रयासपछि अन्ततः र्सपविज्ञहरुले नागिनी सहित उसका १७ बच्चालाई पक्डेर सुरक्षित स्थानमा लगी छोडिदिए ।
हुनत कुनैकुनै प्रजातिको र्सपले ७० वटासम्म बच्चा पाउने गर्छ । कतिपय फूल पार्ने प्रजातिका र्सपले त्यो भन्दा पनि कैयौँ धेरै फूल पार्दछन् । किताबमा यस्तो कुरा पढेपनि धेरैलाई यतिधेरै र्सपका बच्चा र फूल देख्ने अवसर नजुटेको हुनसक्छ । त्यसैले नागले १७ वटा बच्चा पाएको खबर समेत अधिकांसको लागि आर्श्चर्यको घटना हो ।


भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोला http://www.youtube.com/watch?v=THTyG34cQs8&feature=player_embedded

अनौठो बालकको जन्म : चार हात , चार खुट्टा


भारतको उत्तरप्रदेशस्थित ज्योतिबाफूलेनगरको जोहा इलाकामा बाजो देवी नामकी महिलाले विचित्रको बच्चा जन्माएकी छिन् । स्थानीय अस्पतालमा उक्त बालकलाई देखेर सर्वसाधारण मात्र होइन डाक्टरहरु पनि चकित बनेका छन् ।
उक्त अनौठो नवजात शिशुका ८ वटा हातखुट्टा छन् । बालकका ४ वटा हात र ४ वटा खुट्टा छन् । अस्पतालमा उक्त शिशुलाई हेर्नेहरुको ताँती लागेको छ । बच्चा अहिलेसम्म जिवित भएपनि बााच्ने सम्भावना कम रहेको डाक्टरहरुले बताएका छन् ।
गर्भमा रहादा भ्रुण अवस्थामै जब सरीरका अंगको विकाश हुनथाल्छ त्यसबेला उत्पन्न हुने गडबडीले यस्ता सारिरिक समस्या देखा पर्ने गरेका चिकित्सकहरु बताउाछन् । यस्तो सारिरिक विचित्रपन भएको शिशु जन्मिने सम्भावना लाखमा एक मात्र हुने उनीहरुको भनाइ छ ।

सबैभन्दा हलुका धातुको आविष्कार



वैज्ञानिकहरुले सबैभन्दा हलुका धातुको आविष्कार गरेका छन् । थर्मोकोल भन्दा १ सय गुणा कम हलुका रहेको यो धातु निकै हल्का भएपनि अरु धातुजस्तै बलियो रहेको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
यो नयाँ धातु निकेल फोस्फोरसको सुक्ष्म अंशबाट निर्माण गरिएको हो । निकेल फोस्फोरसमा ९९.९ प्रतिशत हावा हुन्छ । आविष्कार गरिएको नयाँ धातुमा भित्तायुक्त नलीका संरचना छन् र एउटा नली मान्छेको रौँ भन्दा १ हजार गुणा पातलो छ र यो धातु समग्रमा जाली जस्तो छ । यो धातुको घनत्व ०.९ मिल्रि्राम प्रति क्युविक सेन्टिमिटर छ । विश्वमा यसअघि सबैभन्दा हलुका धातुको रुपमा रहेको सिलिका एयरोजेलको घनत्व १ मिल्रि्राम प्रति क्युविक सेन्टिमिटर छ । नयाँ धातु बलियो तथा लचक रहेकाले बाहिरी बल थेग्न सक्ने प्रकारको रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । नयाँ धातु कम तौलका ब्याट्री निर्माण गर्न उपयोगी हुने र त्यस्ता ब्याट्री सफा परिवहनमा उपयुक्त हुने विश्वास गरिएको छ । साथै धेरै बाहिरी धक्का खेप्नुपर्ने संरचना निर्माणका लागि पनि यो धातुको प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरु बताउँछन् ।

Monday, November 21, 2011

डिभी भर्नेको संख्या ह्वात्तै घट्यो अर्को वर्षदेखि ३० डलर लाग्ने


५ मंसिर, काठमाण्डौं ।अमेरिकी सरकारले हरेक वर्ष चिट्ठामार्फत छनौट गरि प्रदान गर्ने डाइभर्सीटी भिसा (डिभी)आबेदकको संख्यामा उल्लेख्य कमी आएको छ । अमेरिकी विदेश मन्त्रालयको पछिल्लो तथ्याङ्कले यो वर्ष अमेरिकी डिभी चिट्ठा भर्नेको संख्या अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले घटेको देखाएको छ ।
अमेरिकी सरकारले प्रदान गर्ने विभिन्न २ सय प्रकारका भिसामध्ये डिभी सवैभन्दा सजिलो र धेरै समय वसोवास गर्न मिल्ने अर्थात दश वर्षे भिसा हो । यो भिसामार्फत अमेरिकाको नागरिक हुनका लागि सजिलो हुन्छ ।
मन्त्रालयका अनुसार अमेरिकामा ग्रिन कार्ड पाउने सजिलो माध्यमको रुपमा रहेको डिभी चिट्ठा कार्यक्रममा यो वर्ष विश्वका विभिन्न देशबाट जम्मा ८० लाख मानिस सहभागी भएका छन् । जबकी अघिल्लो वर्ष डिभी चिट्टा कार्यक्रममा १ करोड ५० लाख विदेशी सहभागि भएका थिए ।
यो वर्ष धेरै डिभी भर्ने देशहरुमा नाइजेरिया, घाना र युक्रेन पहिलो ३ स्थानमा परेका छन् । नाइजेरियाबाट १३ लाख ६० हजार, घानाबाट ९ लाख ९ हजार तथा युक्रेनबाट ८ लाख ५३ हजार जनाले डिभि चिट्टा भरेका छन् । जबकी अघिल्लो वर्ष बंगलादेशबाट मात्रै ७६ लाख जनाले डिभी भरेका थिए । बंगलादेश धेरै वर्षसम्म बढि डिभी भर्ने देशको रुपमा रहेपनि अमेरिकी श्रम विभागको प्राथमिकता सूचिमा नपरेकाले कम बंगलादेशीलाई मात्र भिसा दिइन्थ्यो । अधिकांश आवेदकलाई चिट्टा नपरेपछि यो पटक डिभी भर्ने बंगलादेशीको संख्या निकै घटेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यसैबीच डिभी चिट्टा भर्नेहरुको संख्या आउँदा वर्षहरुमा झनै घट्ने अनुमान गरिएको छ । अर्को वर्षदेखि विद्युतिय गोलाप्रथामा शुल्क लगाउने प्रावधान लागु हुने भएपछि डिभी भर्नेको संख्या निकै कम हुने अनुमान गरिएको हो । डिभी चिट्टा भर्नका लागि अब विदेशीले ३० अमेरिकी डलर तिर्नुपर्ने विधयेक सिनेटले अघिल्लो महिना तयार पारेको थियो । अब अर्को वर्षदेखि अमेरिकी गि्रन कार्ड पाउने आशामा डिभी भर्नेहरुले ३० अमेरिकी डलर तिर्नुपर्नेछ । अहिले निःशुल्क रुपमा भर्न पाइन्छ । डिभीबाट हरेक वर्ष ५५ हजार विदेशीले अमेरिकी गि्रन कार्ड पाउने गरेका छन् । यो वर्षकोे नतिजा सन् २०१२ को मे महिनामा सार्वजनिक हुनेछ ।
अहिलेसम्म कति नेपालीलाई पर्यो  ?
अमेरिकी सरकारको डाइभर्सीटी भिसा प्रदान गर्ने निकाय युएसएफसिले दिएको तथ्यांकअनुसार, सन् २००० देखि सन् २०११ सम्मको एघार वर्षको अवधीमा २० हजार ८ सय ४ जना नेपालीलाई डिभी परेर अमेरिका आइसकेका छन् । पछिल्लोपटक सन् २०१२ को नतिजाअनुसार ३ हजार २ सय ५८ जना नेपाली डिभी चिठ्ठामा छनौटमा परेका छन् । तर चिठ्ठामा छनौट भएर मात्रैपनि अमेरिका आउने आधार निश्चित हुँदैन । नेपालमा यति नै नेपालीले डिभि भर्छन भन्ने यकिन तथ्याङ्क नभएपनि करिब पाँचलाख नेपालीले वर्षेनी डिभी भर्ने गरेको अनुमान छ ।
त्यसो त डिभी परेर अमेरिका आउने नेपाली आप्रवासीहरुको अनुभव सुखद र दुःखद दुवै पाइन्छ । कतिपय नेपालमा उच्च ओहदामा रहेका व्यक्तिहरु डिभी परेर अमेरिका आइ यहाँ भने जस्तो रोजगारीका अवसर नपाउँदा खिन्न भएका छन् भने कतिपय युवाहरु डिभि परेर यहाँ आएर राम्रो रोजगारी र अध्ययनका अवसर प्राप्त गरेका छन् । डिभि पर्नेहरुको अनुभव छ- अमेरिकामा भनेजस्तो रोजगारको लागि डिभी गेटपास भएपनि भाषिक र सम्वन्धित विषयको दक्षता चाहिने रहेछ ।
डीभी अमेरिका प्रवेशको माध्यम भएपनि अमेरिकामा काम पाउने ग्यारेन्टी हुँदैन् । भाषा तथा प्राबिधिक सीप र शिक्षाको अत्यन्तै जरुरी हुन्छ काम पाउनका लागि । डीभी पर्दैमा अमेरिका गएर सुख पाइन्छ भन्ठान्नेहरु अमेरिकामा आएर भनेजस्तो रोजगारी नपाउँदा खिन्न हुने गरेका छन् ।

Friday, November 18, 2011

मन्त्री त्रिपाठीसँग १ सय ९४ तोला सुन


१ मंसिर, काठमाडौं । भौतिक योजना तथा निर्माणमन्त्री एवं तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीसँग १ सय ९४ तोला सुन र काठमाण्डौं प्रसस्त जग्गा भएको सम्पत्ति बिबरण सार्वजनिक भएको छ ।
त्रिपाठीले सार्वजनिक गर्नुभएको विवरणअनुसार उहाँसँग हाल केही सुनका औँठी, करिब एकसय ९४ तोला सुन र ३२ केजी चाँदी रहेको उल्लेख छ । बिबरणमा सुनचाँदी पत्नीको दाइजो, छोराछोरीबाट प्राप्त उपहार तथा खरिदबाट संचित रहेको उल्लेख छ ।
यस्तै त्रिपाठीसँग काठमाडौँको विष्णुगाउँ र भद्रकालीमा एक रोपनी ९ आना, ललितपुर भै‌सेपाटीमा दुई रोपनी २ आना र नयाँ बसपार्कनजिक दुई रोपनी ८ आना गरि काठमाण्डौंमा करिव ७ रोपनी जग्गा पत्नी शोभा त्रिपाठीको नाममा रहेको छ ।
काठमाण्डौं बाहिर नवलपरासी जिल्लाको गूठीपर्सौनीमा स्व. पिता हरिशङ्कर त्रिपाठीको नाममा ११ कठ्ठा जग्गामा बनेको सगोलको घर एक र २०५४ सालमा पत्नी शोभा त्रिपाठीको नाममा बैंकबाट ३४ लाख ऋण लिई ललितपुर जिल्ला सैंवुमा खरिद गरेको १३ आना जग्गामा बनेको घर एक रहेको छ । मन्त्री त्रिपाठीका पिता हरिशङ्कर त्रिपाठीको नाममा सगोलमा नवलपरासी जिल्लाको गूठीपर्सौनीमा १९ बिघा १७ कठ्ठा जग्गा रहेको छ । यस्तै पत्नी शोभा त्रिपाठीको नाममा सिद्धार्थ नगरपालिका रुपन्देहीमा ७ कठ्ठा १३ धुर जग्गा धुम्वाराहीको घरजग्गा बिक्री गरी ५५ लाख रुपैयाँमा खरिद गरेको उल्लेख छ ।
त्रिपाठीसँग एभरेष्ट बैंक लि. मा तलव सुविधाबाट प्राप्त करिब ६ लाख रुपैयाँ सञ्चित रहेको, पत्नी शोभा त्रिपाठीको नाममा बैंक अफ एसियाको रु.५० हजार र नेपाल दूरसञ्चार संस्थानको रु १८ लाख ६० हजार रुपैयाँको शेयर रहेको छ । यसैगरी छोरी पल्लवी त्रिपाठीको नाममा प्राइम बैंकको रु.३० हजार रुपैयाँको शेयर रहेको छ ।
मन्त्री त्रिपाठीले जग्गा तथा गाडी खरिदका लागि प्रुडेन्सीयल इनभेष्टमेण्टबाट रु. दुई करोड ५ लाख, सिद्धार्थ रु. बैंकबाट एक करोड, हिमालय बैंकबाट रु २० लाख र कृषि विकास बैंकबाट रु नौ लाख सत्तरी हजार ऋण लिएको उल्लेख छ ।
मन्त्री त्रिपाठीका नाममा सुविधा प्राप्त प्राडो जिप एक पत्नी शोभा त्रिपाठीको नाममा वैगन आर एक, छोरी पल्लवीको नाममा हाइलक्स टोयटा गरि ३ वटा गाडी, होन्डा स्कुटी एक र दिनेश त्रिपाठी-दाई) को टेक्टर एक रहेको राससले जनाएको छ ।

Tuesday, November 15, 2011

हाम्रो नेपाल हामी नेपाली: तपाईंलाई थाहा छ कलम ले पनि किताब पढ्छ भनेर ???

हाम्रो नेपाल हामी नेपाली: तपाईंलाई थाहा छ कलम ले पनि किताब पढ्छ भनेर ???

तपाईंलाई थाहा छ कलम ले पनि किताब पढ्छ भनेर ???


सबैलाई थाहा छ कलमको काम लेख्ने हो । कलमले लेखेको कुरा मान्छेले पढ्ने गर्छ । तर अब कलमको काम लेख्नमा मात्र सिमित छैन । भारतमा यस्तो कलमको विकाश गरिएको छ जसले लेख्ने होइन किताब पढेर तपाइँलाई सुनाउँछ ।
भारतको भोपालमा शिक्षा क्षेत्रमा काम गरिरहेको एक सस्थाले तयार पारेको यो विद्युतिय कलम वास्तवमा विशेष प्रकारको डिभाइस हो जसमा एमपिआर अर्थात् मल्टिमिडिया प्रीन्ट रीडर हुन्छ । जब यो डिभाइसलाई किताबको पाना नजिक पुराइन्छ तब किताबमा लेखिएका शव्दहरु यसमा जोडिएको सानो स्पिकरबाट सुनाउन सुरु गर्छ ।
किताब पढेर सुनाइदिने कलमको आविष्कार शिक्षा क्षेत्रमा ठूलो उपलब्धी भएको सस्थाको दाबी छ । यसबाट साना बच्चाहरुमा किताबप्रतिको रुची बढ्ने तथा अनुवादको समस्या पनि हल हुने विश्वास लिइएको छ.

वासिङ्टन डीसीवाट २४ घण्टे नेपाली टिभि सञ्चालनमा आउदै









वासिङ्टन डीसी । अमेरिकमा नेपालीहरुले  नेपाली भाषाको २४ घण्टे नेपाली टेलिभिजन च्यानल सञ्चालन गर्ने भएका छन् । सो च्यानल आउदो मंसिर १५ अर्थात डिसेम्वर १ तारिखवाट सञ्चालनमा आउने सञ्चालकले जनाएको छ ।
अमेरिकन नेपाली टीभीले वासिङ्टन डीसीमा सञ्चालन हुने छ । यो विदेशी भूमिमा पहिलो नेपाली भाषाको पहिलो नेपाली टिभि हो । टिभी सञ्चालक समितिले सोमवार एक प्रेस विज्ञप्ती जारी गरी बिज्ञप्तीमा आइफीटीभी प्रविधिबाट सञ्चालनमा आउने उक्त टेलीभिजन विश्वका जुनसुकै क्षेत्रबाट ग्राहक बनेर हेर्न सकिनेछ ।
टीभीले शिक्षा, संस्कृति, धार्मिक र मनोरञ्नात्मक कार्यक्रमहरु मार्फत नेपाल र नेपाली संस्कृतिको प्रचार प्रसार गर्ने उल्लेख गरेको छ । टिभिले आफ्नो प्रसारण सेवा आइफीटीभी प्रविधिबाट अमेरिका लगाएत बेलायत र अष्ट्रेलियामा हेर्न सकिने टिभि सञ्चालक समितिले जनाएको छ ।

Sunday, November 13, 2011

पुस्तक पढेर पुरस्कार जित्न पाइने कात्तिक २५ देखि हुँदैछ पहिलो अध्ययन प्रतियोगिता


१९ कात्तिक, काठमाडौं । हिजोआज दिनमा झण्डै सातवटा साहित्यिक पुस्तक प्रकाशित हुन्छ । स्रष्टा र प्रकाशन गृहहरुको संख्या थपिंदै जाँदा बजारमा पुस्तक पनि उसैगरी चाङ लागेका छन् । देशभर झण्डै १२ सयवटा पुस्तक प्रकाशन गर्ने संस्थाहरु छन् । पछिल्लो समयमा पुस्तक पढ्ने वानीको केही विकास भएपनि हुनुपर्ने जति भएन भन्ने स्रष्टाहरुको गुनासो छ । स्रष्टा र प्रकाशन गृह बढेसँगै पुस्तक खोजेर पढ्नेहरुको जमात पनि विस्तारै बढ्दैछ । तर यस्तो संख्या आशा गरेअनुसार चाहिं छैन । त्यसैले पुस्तक पढ्ने संस्कृतिको विकास गर्न बिभिन्न कार्यक्रम पनि हुने गरेका छन् । सम्मेलन, गोष्ठी जस्ता कार्यक्रम बाक्लिरहेको अवस्थामा एउटा संस्थाले अध्ययन प्रतियोगिताकै आयोजना गरेको छ । द रिडर्स क्लवले पढन्तेहरुको लागि नौलो अभियान शुरु गरेको हो । क्लवको आयोजनामा काठमाडौंमा यही कात्तिक २५ गतेदेखि बृहत् पुस्तक अध्ययन प्रतियोगिता हुँदैछ ।
कसरी सहभागी हुने प्रतियोगितामा ?
प्रतियोगितामा सहभागी हुन चाहनेले रिडर्स क्लवको वेबसाइट www.readersclub.org.np मा गएर फर्म भर्न सक्छन् । प्रतियोगीले १८ महिनामा एकसयवटा पुस्तक अध्ययन गर्नुपर्नेछ । आयोजकका अनुसार प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ । प्रतियोगीले पहिलो चरणमा ४० वटा, दोस्रो चरणमा ३५ वटा र तेस्रो चरणमा २५ वटा पुस्तक अध्ययन गर्नुपर्ने हुन्छ । यस अनुसार १८ महिनाभित्र एक सयवटा पुस्तक पढिसक्नुपर्ने हुन्छ । यसरी अध्ययन गर्नुपर्ने पुस्तकहरु नेपाली, अंग्रेजी साहित्य, इतिहास, सभ्यता, दर्शनशास्त्र, कानुन, राजनीतिशास्त्र, बालसाहित्य, मनोविज्ञान, समाजशास्त्रका छन् । प्रतियोगितामा पूर्वविजेता, परिचित लेखक, सम्पादक, उपन्यासकार, साहित्यकार, प्राध्यापक, डाक्टर लगायतले भने भाग लिन पाउने छैनन् । वर्षको उत्कृष्ट पाठकलाई एकलाख ५५ हजार रुपैंया नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र दिने योजना छ । प्रतियोगितामा सबैलाई खुला गरिएको छ । प्रतियोगीले आफूले पढ्ने पुस्तकको बारेमा पहिल्यै जानकारी दिनुपर्ने आयोजक रिडर्स क्लवले जनाएको छ । उसले पढेको आधारमा निणर्ायक मण्डलले मूल्याँकन गर्नेछ । रिडर्स क्लवले आयोजना गरेको यो प्रतियोगिता दोस्रो हो । अघिल्लो वर्ष पनि उसले यस्तै प्रतियोगिता गरेको थियो । ‘युवाहरुमा पुस्तक पढ्ने बानीको विकास गर्नकै लागि यो प्रतियोगिता आयोजना गरिएको हो’ रिडर्स क्लवका सदस्य नविन डाँगीले भन्नुभयो-’पहिलो कार्यक्रममा उत्साहजनक सहभागिता भएको थियो । यसपाली पनि यस्तै उस्ताह हुन्छ भन्ने हाम्रो अनुमान छ ।’
प्रकाशक र बिक्रेता पनि हौसिँदै
पठन संस्कृतिको विकास गर्न बिभिन्न कार्यक्रम हुन थालेपनि प्रकाशक र विक्रेताहरु पनि दंग परेका छन् । पुस्तक पढ्नेहरुको जमात थपिनु भनेको पुस्तकको व्यापार पनि बढ्नु हो । केही वर्षदेखि पुस्तक प्रदर्शनी र साहित्यिक सम्मेलन जस्ता कार्यक्रमले पठन संस्कृतिको विकासमा टेवा दिएको स्रष्टाहरु बताउँछन् । नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन जस्ता सरकारी र निजी क्षेत्रका संघसंस्थाले यस्ता कार्यक्रमको आयोजनालाई तीव्रता दिएका छन् ।
यस्ता कार्यक्रममले नेपाली पाठकलाई पुस्तकप्रति आकषिर्त गराएको छ भने प्रकाशक तथा वितरकका लागि पनि उपयुक्त अवसर प्रदान गर्ने गरेको छ । यो पर्याप्त नभएपनि अध्ययन प्रतियोगिता र अरु उदेश्यले हुने साहित्यिक सम्मेलनले पुस्तकको व्यापार बढाउन पनि सहयोग गर्ने प्रकाशक र वितरकहरुको आशा छ ।

यात्रुबस सुनकोसीमा खस्यो


२७ कात्तिक, काठमाडौँ । सिन्धुपाल्चोको सुकुटे नजिकै आँपकोट ६५ किलो भन्ने स्थानमा आज बिहान भएको यात्रुबस दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा दोलाखाका अर्जुन खड्का रहेको प्रहरीले जनाएको छ । बाह्रबिसेबाट काठमाडौँका लागि छुटेको बा २ ख ६२५९ नम्बर बस अरनीको राजमार्गको सडकबाट सुनकोसी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा करिब एक दर्जन भन्दा बढी घाइते भएका छन् । विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा बस अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।
मृतक खड्का मोटरसाइकल पछाडि सवार रहेको बताइएको छ । घटनास्थलगत्तै प्रहरी र स्थानीयले घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए । घाइतेहरुको खाडीचौर स्वास्थ्यचौकी र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यसैबीच काँकडभिट्टाबाट काडमाडौँतर्फ आउँदै गरेको ना३ख ७३७५ नम्बरको रात्रीबस आज बिहान चितवनको दारेचोकस्थित नाग्दी खोलामा दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाइते भएको छन् । घाइतेहरु भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Friday, November 11, 2011

नेपाली फेसबुक मेरो पोष्ट सुरु


१ कार्तिक, काठमाडौं । पहिलो नेपाली समाजिक संजाल मेरो पोष्ट डटकमको सुरुआत भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै दुई वर्षको लगातारको प्रयासबाट मेरोपोष्ट डटकमको सुरुआत गरिएको संस्थापक अध्यक्ष सुनिल चौलागाँईले जानकारी गराए ।
तुचुक सर्भिस प्रा. लि. को बलियो व्यवस्थापनसँगै सानो समयमै ठूलो सफलता चुमेको आधारमा प्रयोगकर्ताहरुको सुझाव अनुसार नै मेरो पोष्ट डटकमको सञ्चालन गरेको उनीहरुको छ । मेरोपोष्ट डटकममा प्रयोगकर्ताले नेपालीमा पोष्ट गर्नसक्ने, एकै चोटी धेरै फोटो, भिडियो र फाईल पोष्ट गर्न सकिने, च्याट र च्याट रुम जस्ता ७ प्रकारका सिष्टमयुक्त व्यवस्था मेरोपोष्ट डटकममा भएको हुनाले सामाजिक संजालमा नौलो आयाम ल्याउने दावी गरे ।
संजालका प्रवक्ता परिक्षित राणाले भने-मेरो पोष्ट डटकमको सुविधाहरु र प्रयोग कुनै पनि अन्तर्राष्ट्रिय संजालभन्दा कम छैन । उनले थपे- नेपालको सन्दर्भमा सामाजिक संजालहरु टप १०० मा पनि नपर्ने भएकाले मेरोपोष्ट डटकमले चाँडै नै टप लेभल घटाउने छ ।
व्यवस्थापक श्रयशंकर सिंहले भने- अरु साईडहरु भन्दा फरक र नेपालीलाई अन्तर्राष्ट्रियस्तरमा चिन्हाउनका लागि पनि मेरोपोष्ट डटकमको सुरु गरिएको हो । उनले- फेस बुक बन्द हुँदा पनि त्यसको ठाउँमा मेरोपोष्टले सुविधा दिने क्षमता रहेको दावी गरे ।

सातबुँदे पालना नगरे माओवादी सकिन्छः ओली


सातबुँदे पालना नगरे माओवादी सकिन्छः ओली

२६ कात्तिक, डडेलधुरा । एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले सातबुँदे सहमति पालना नगरे एकीकृत नेकपा माओवादी समाप्त भएर जाने चेतावनी दिएका छन् ।
बैतडीमा आयोजित पार्टी कार्यक्रममा सहभागी भएर राजधानी र्फकने क्रममा डडेलधुराको अमरगढीमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले माओवादीका अगाडि सातबुँदे सहमति पालना गर्नुको विकल्प नरहेको बताए । ‘माओवादीले सातबुँदे सहमति पालना नगरे राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आफैँ समाप्त भएर जान्छ’, ओलीले भने ‘त्यतिबेला माओवादीलाई कसैले चाहेर पनि जोगाउन सक्दैन ।’ माओवादीले केही सीप नलागेर आफ्नो अस्तित्व रक्षाका लागि अन्तिम विकल्पका रुपमा सातबुँदे सहमतिमा हस्ताक्षर गरेकाले सहमति पालना हुने उनको भनाइ थियो । ओलीले शान्ति र संविधान लेखन प्रक्रिया अवरुद्ध हुनुमा माओवादी दोषी रहेको आरोप लगाए । ‘शान्ति प्रक्रिया माओवादीको दोहोरो चरित्रका कारण अवरुद्ध भएको हो’ सातबुँदे सहमतिले उसका लागि अन्तिम मौका दिएको छ’, उनले भने ।

पर्यटक उद्धार गर्न नसक्दा नेपालको बेइज्यत


२२ कात्तिक, काठमाडौं । ५ दिनसम्म लुक्लाबाट उडान हुन नसक्दा अलपत्र परेका ३/४ हजार पर्यटकको उद्धार गर्न नेपाल सरकारलाई हम्मेहम्मे परेको छ । निजी विमान कम्पनीहरुको सहयोगमा २ हजारभन्दा बढी पर्यटकको ‘उद्धार गरिएको’ भनिएपनि पर्यटकहरुले प्रतिब्यक्ति ६ सय डलरसम्म तिरेर काठमाण्डौं आएका छन, जहाँको एकतर्फी भाडा मुस्किलले यस डलर छ ।
नियमितभन्दा ६ गुना बढि पैसा तिर्दा पनि बिदेशी पाहुनाहरुले भनेको समयमा उडान पाएका छैनन् । अझै सयौं पर्यटक लुक्ला क्षेत्रमा छन् भने सयौं पहिले नै हिडेर जिरीतर्फं लागेका थिए । पर्यटन वर्ष २०११ मनाइरहेको नेपालमा सयौं पर्यटक अलपत्र पर्दा पनि उद्धार हुन नसकेका नकरात्मक खवरहरुले बिदेशी मिडिया रंगिए ।
विभिन्न ट्रेकिङ रुटमा हजारौंको संख्यामा पर्यटकहरु जाने भएपनि आपत्तकालिन उद्धारका लागि कुनै संयन्त्र नै नभएकाले समस्या आएको पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । गृह मन्त्रालय मातहतमा आपत्तकालिन उद्धार समन्वय केन्द्र भएपनि स्रोत र साधनको अभाव छ । पर्यटन व्यवसायीहरुको तर्फबाट हिमालयन रेस्क्यु एसोसिएशन गठन भएपनि कुनै स्रोत र साधन छैन । नत उद्धार कार्यमा जुट्न आवश्यक पर्ने डाक्टर, एम्बुलेन्स हेलिकोप्टर लगायतका अत्यावश्य साधन नै छ न त उचित रकमको प्रवन्ध नै ।
१९९४ को जस्तै हिमआँधी आए के होला ? ‘हिमआँधी आउने हो भने अब के गर्ने भनेर एक अर्कासँग भन्नु र कराउनु वाहेक हामीसँग कुनै विल्पक छैन’-पर्यटक उद्धार संयोजन समितिका संयोजक विक्रम न्यौपानेले भन्नुभयो । ‘उद्धारका लागि भनेर गठन भएको हिमालयन रेस्क्यु एसोसिएशनसँग स्रोत साधन नै छैन’ ट्रेकिङ एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष जेबी सिंहले भन्नुभयो-’उद्धारका लागि स्रोत साधन सहितको संयन्त्र आवश्यक छ ।’
पर्यटक उद्धार संयोजन समितिका संयोजक न्यौपाने पनि सिंहको भनाई सहमत हुनुहुन्छ । उहाँले भन्नुभयो-’उद्धारका लागि हेलिकोप्टरको त कुरै नगरौ, हामीसँग कम्युनिकेशनका लागि समेत आवश्यक व्यवस्था मिलाइएको छैन ।’ संरक्षण विद् हर्क गुरुङलगायत चढेको हेलिकोप्टर घुन्सामा दुर्घटना हुँदा स्याटेलाइट फोनले काम नगर्दा उद्धार गर्न नसकिएको सम्झिदै भन्नुभयो-’त्यसबेला स्याटेलाइट फोनले काम गरेको भए उहाँहरुलाई बचाउन सक्ने सम्भावना थियो ।’ कम्तिमा दुई ओटा हेलिकोप्टर, सहित स्रोत साधनसहित उद्धार संयन्त्र बनाउनु पर्ने पर्यटन व्यवसायीहरुको जोड छ ।
टानका पूर्व अध्यक्ष सिंहले भन्नुभयो-’अब तत्काल उद्धार संयन्त्र नाउनु पर्छ । जहाँ जुनसुकै बेला उपलब्ध हुने हेलिकोप्टरदेखि सबै थोक होस् ।’ उहाँले यस पटक सेनाको हेलिकोप्टर लैजाने समयमा आवश्यक रकम समेत ट्रेकिङमा जाने मजदुरहरुका लागि स्थापना गरिएको कोषबाट खर्च गर्नु परेेको भन्दै उद्धार संयन्त्रमा आवश्यक रकमको समेत प्रवन्ध गर्नु पर्ने बताउनु भयो ।
तर, पर्यटन मन्त्रालयका प्रवक्ता हरिप्रसाद बस्याल भने उद्धार संयन्त्र नै नभएको भन्ने पर्यटन व्यवसायीहरुको भनाई मान्न तयार हुनुहुन्न । सेना, प्रहरी तथा स्थानीय प्रशासनको सहयोगमा उद्धार कार्य भइरहेको भन्दै उहाँले भन्नुभयो-’मौसमले साथ दिएन भने हेलिकोप्टर भएर मात्र पनि हुँदैन । त्यसैले ट्रेकिङ रुटलाई सडकसँग जोड्नुको विकल्प छैन ।’
असहयोगी सेना
सन् १९९४ मा हिमआँधी आउँदा सेनाको हेलिकोप्टरबाट पर्यटकहरुको उद्धार गरिएको थियो । तर, यसपटक सेनाबाट पनि सहयोग नपाएको पर्यटन व्यवसायीहरुको गुनासो छ । ‘एमआई १७ हेलिकोप्टरका लागि सेनालाई गुहार्‍यौं’ पर्यटक उद्धार संयोजन समितिका संयोजक विक्रम न्यौपानेले भन्नुभयो-’तर, सोचे अनुसार सहयोग पाएनौं ।’ नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उत्सव खरेलले पनि सेनाबाट सोंचे अनुसार सहयोग नपाएको बताउनु भयो । उहाँका अनुसार सेनाको एमआई १७ हेलिकोप्टरले लुक्लाबाट एक र लामिडाँडाँबाट एक उडान मात्र भरेको छ । सेनाको हेलिकोप्टरबाट धेरै पर्यटकहरुको उद्धार गर्न सकिन्छ भन्ने थियो’ उहाँले भन्नुभयो-’खै किन हो, सोचेअनुसार भएन ।’
करिव ७ सयलाई काठमाडौं ल्याइयो
निजी विमान कम्पनीको हेलिकोप्टर र विमानबाट मंगलबार करिव ७ सयलाई काठमाडौं ल्याइएको छ । पर्यटकहरुको ओसार्न सीता, तारा, अग्नि, सिमि्रक, फिस्टेल लगायका विमान कम्पनी प्रयोग गरिएको छ । नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उत्सव खरेलले अनलाइनखबरसँग भन्नुभयो-’आज करिव ७ सय पर्यटकको उद्धार गरिएको छ । मौसमले साथ दिए भोलिसम्ममा उद्धार कार्य सकिन्छ ।’ विहान ९ बजेपछि मात्र त्रिभुवन विमानस्थलबाट उडान भर्न सक्नु र प्रधानमन्त्रीको विदेश भ्रमणका कारण केहीबेर उडान ‘डिले’ हुँदा सोंचेअनुसार पर्यटकहरुको उद्धार गर्न नसकिएको उहाँको भनाई थियो । यसअघि सोमबार एक हजारभन्दा बढी र आइतबार करिव ५ सय पर्यटकको उद्धार गरिएको थियो ।

देवीले संसदमा भनिन- ‘म पनि माधव नेपालविरुद्ध मुद्धा हाल्छु’


२५ कात्तिक, काठमाण्डौं । ब्यक्ति हत्याको आरोपमा जन्मकैद फैसला सुनाइएका माओवादी सभासद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिन सरकारले सिफारिस गरेको बिषयले आइतवारको सदन तात्यो । माओवादी र बिपक्षी सभासद्ले पक्ष र बिपक्षमा आ-आफ्ना धारणा राखे ।
यसरी बोल्ने समासदमध्ये सवैभन्दा मार्मिक र पेचिलो सम्बोधन थियो- माओवादी सभासद देवी खड्काको । जनयुद्धका क्रममा आफ्ना श्रीमान र दाजुसहित चार जना गुमाएकी तथा प्रहरी हिरातमा आफ्नै अस्मिता गुमाएकी देवीको सम्बोधनले त्यसअघि बोल्ने धेरै वक्ताको अनुहारलाई अँध्यारो बनाएको थियो भने सदनमा सन्नाटा छाएको थियो ।
देवीले बोलेका मुख्य अंशहरु उनकै शब्दमा -
सभामुख महोदय, म केही कुरा पाँचमिनेटभित्र राख्न चाहान्छु । हामी सहमति खोजिरहेका छौं कि बिगतको समिक्षा गर्दै छौं ? यदि युद्धको समिक्षा गर्दै छौं भने सवैको समिक्षा हुनुपर्छ मसंग पनि किटानी जाहेरी छन् । उज्जनकुमार श्रेष्ठ वा अर्जुन लामाको परिवारको भावनामाथि ठेस पुर्‍याउन खोजेकी हैन, मैले केही गम्भीर कुरा राख्दै छु ।
अहिले बालकृष्ण ढुंगेलले ब्यक्तिगत रिसिइवीका आधारमा उज्जनकुमार श्रेष्ठको हत्या गरिएको भनिदै छ, बालकृष्ण ढुंगेल ४२ सालदेखि कम्युनिष्ट राजनीतिमा हुनुहुन्छ, उहाँले कसरी ५५ सालमा आएर ब्यक्तिगत रिसीइवीका आधारमा मान्छे मार्नुभयो ? जुन बेला उज्जनकुमारको हत्या भएको छ त्यो बेला ढुंगेल काठमाण्डौंमा हुनुहुन्थ्यो, कृष्णप्रसाद सापकोटाको उपचारका लागि । त्यसको प्रमाण अहिले पनि ल्याउन सकिन्छ, के मैले त्यो पेश गरुँ ?
ठिकै छ ढुंगेललाई जेल हाल्नुपर्ने हो भने उहाँ आठ बर्ष जेल बसिसक्नुभएको छ, फैसलाअनुसार अब १५ महिनामात्र हो, ठिकै छ उहाँलाई जेल हालौं । तर मैले पनि किटानी जाहेरी दिनसक्छु, हाम्रा पनि जाहेरी छन् ।
२०५९ साल असार २ गते मेरा दाजु रितबहादुर खड्कालाई रौतहटको चन्द्रनिगाहापुर हत्या गरियो, मेरो परिवारले अहिलेसम्म पनि लास पाउन सकेका छैनौं । त्यही छेउमा एमाले नेता माधवकुमार नेपाल भाषण गर्दै हुनुहुन्थ्यो, उहाँको सुरक्षाका खटिएका सुरक्षाकर्मीले मेरा दाजुको हत्या गरेका हुन् । मेरी भाउजु र आमाले माधवकुमार नेपालबिरुद्ध किटानी जाहेरी दिन सक्नुहुन्छ । के हामी अब त्यसै गर्ने हो ?
तपाई हामीले बिर्सेका छैनौं ५४ मा को हनुुहुन्थ्यो प्रधानमन्त्री र को हुनुहुन्थ्यो गृहमन्त्री । म स्वयंलाई पक्राउ गरेर प्रहरी हिरासतमा अस्मिता लुटिएको छ । अस्मिता लुटिएको प्रमाण डा. भोला रिजालले दिनुभएको छ । मेरो इज्यत लुटिएकोमा त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्रीलाई किटानी जाहेरी दिउँ ? राज्यले बेपत्ता पारेका पूर्ण पौडेलकी श्रीमति पनि यही हुनुहुन्छ, यही सदनमा हामी थुप्रै परिवार छौं जसले द्वन्द्वका बेला राजनीतिक आस्थाका आधारमा आफ्ना परिवारका सदस्य गुमाएका छौं, अस्मिता गुमाएका छौं । के हामी सवै पछाडी र्फकने हो ? त्यसो भए भोलीबाटै भिडौं, परिणाम के निस्कन्छ त्यसपछि हेरौंला । के यहि तरिकाले शान्ति आउँछ ? समाधान निस्कन्छ ?
बालकृष्णलाई जेल हाल्ने कि नहाल्ने भन्ने बिषयमा आदेश गर्न नपर्ने भनेर सर्वोच्च अदालका सम्मानित प्रधान न्यायाधीशले भनिसक्नु भएको थियो, त्यो तथ्यलाई बुझेर पनि किन हामी बुझ पचाएर अभिनय गरिरहेका छौं ?
२०३८ सालमा मेरो दाजु मार्ने जिल्ला न्यायाधीश आज सम्मानित पोष्टमा हुनुहुन्छ, मैले त्यो पहिले नै सार्वजनिक गरिसकेकी छु । मबिरुद्ध पनि १३ वटा मुद्दा छन, म पनि जेल बस्नुपर्छ । हामी अगाडी जाने हो भने यो तरिका ठिक होइन् । सम्बेदनाको छहारीभित्र हामी छुद्र खालको राजनीति गर्दैछौं, म बिनम्रतापूर्व आग्रह गर्छु त्यसो नगरौं, सम्मानित सदनलाई अलिक गम्भीर खालका राजनीतिक मुद्दामा बहस गर्ने थलो बनाउँ ।
यो सव देख्दादेख्दै पनि म एक बर्षसम्म बोलिन, अहिले म बाध्य भएर यो कुरा राख्दै छु सम्माननीय सभामुख महोदय । युद्धकालीन घटनालाई ब्यक्तिरुपमा जाने हो भने साढे १३ हजार मान्छे राजनीतिक आस्थाका कारण मरेका छन, अमेरिकन र इन्डियन आएर त पक्कै मारेन, ती सवैको खोजी गरौं र जाहेरी दिन सुरु गरौं । यदि सहमतिका आधारमा अगाडी जाने हो भने छुद्र राजनीतिको धरावाहिक श्रृङखला अन्त्य गरौं भन्ने आग्रह गर्न चाहान्छु ।

हुनमानढोकामा किन जंगिए हमाल ?


काठमाडौं । तीन सन्तानकी आमाले आफुलाई पति दावी गरेपछि तनावमा परेका राजेश हमाल प्रहरी बोलबाटपछि बुधबार अपरान्ह काठमाण्डौं प्रहरी कार्यालय हनुमानढोका पुगे । फिल्मभन्दा बाहिर कहिलेपनि त्यस्तो क्रोधित मुद्रामा नदेखिएका हमाल हनुमानमा नराम्रोसँग जंगिए पत्नी दावी गर्ने बालकुमारीसँग ।
हमाल हनुमानढोको मुद्दा शाखामा पुग्दा पत्नी दावी गर्ने वालकुमारी अधिकारी सोफामा वसीरहेकी थिईन् । हमाल छिर्नेवित्तिकै वालकुमारी पनि उठिन् । ‘उहाँलाई टाढै राख्नुहोस’ भन्दै हमाल एक्कासि जङ्गिए । तपाईले के गर्न खोज्नुभएको यो ? हमालले आफ्नो आक्रोश पोखे वालकुमारी माथी । वालकुमारीले हमाललाई एक घन्टा समय दिनु, तपाई र म गोप्य ठाउँमा भेटेर कुरा गरौ न भन्दै आग्रह गरिन् । तर, हमालले यो आग्रहलाई मान्ने कुरै थिएन । हमाल केही समय जङ्गिएपछि प्रहरीले उनलाई अर्को कोठामा लग्यो ।
प्रहरीसँगको लामो छलफलपछि हमाल वाहिर निस्किए । ‘अव यो कुरालाई म के भन्नु ?- बाहिरिदै गर्दा हमालले संचारकर्मीसँग भने-उहाँ मानसिक सन्तुलन कमजोर भएको महिला हुनुहुन्छ भन्ने पुष्टि भैसक्यो, मैले आफ्नो सुरक्षाको माग गरें ।’
वालकुमारीका भाईलाई ‘सहयोग गरीदिनुभएकोमा धन्यवाद’ भनेका हमालले आफूले वालकुमारीको विरुद्ध कुनै कदम नचाल्ने वताए । उनले भने-’म उहाँको स्वास्थ्य लाभको कामना गर्दछु । मैले उहाँप्रति कुनै पुर्वाग्रही राखेको छैन । हनुमानढोकावाट निस्कने वेला एक महिला फ्यानलाई हमालले भनेका थिए-’सवै कुरा वन्नुहोस् तर चलचित्रको नायक चै नभन्नुहोस् है ।’ सेलिब्रेटी हुँदा प्राप्त सित्तैको बेइज्यतीप्रति हमालले कुण्ठा पोखे ।
‘बालकुमारी मानसिक रोगी’
राजेश हमाललाई आफ्नो श्रीमान् दावी गर्ने प्रहरी हवल्दार वालकुमारी अधिकारी मानसिक रोगी भएको उनका भाईले बताएका छन् । दिदी हनुमानढोका पुगेको थाहा पाएपछि चितवनबाट काठमाण्डौं आएका उनका भाई ढाकाराम अधिकारीले दिदी मानसिक रुपमा कमजोर रहेको र विगत २ वर्षदेखि औषधी खाईरहेको वताएका छन् ।
नेपाल प्रहरी अस्पतालमा अहिले उनको उपचार भईरहेको छ । भाई ढाकारामले उनको उपचारका सम्पूर्ण कागजपत्र प्रहरीलाई वुझाएका थिए । उनका श्रीमान् कृष्णवहादुर राना पनि प्रहरी पेशामा नै कार्यरत रहेका छन् । कृष्ण र वालकुमारीको विहे भएको १० वर्ष भएको छ । वालकुमारी १७ वर्षदेखि प्रहरीमा कार्यरत रहेकी छिन् । दुई बर्षदेखि बिरामी उनले औषधी खान छोडेकाले पनि अहिले उनको रोग वल्भिmएको भाइले बताए ।
चितवनवाट भागेर काठमाण्डौ आएकी बालकुमारीले हनुमानढोका पुगेर हमालविरुद्ध उजुरी हालेकी थिईन् । आइतवारदेखि सुरु भएको हमालको बिहे चर्चा मानसिक रोगीको लहडमात्रै भएको पुष्टी हुँदै अन्त्य भएको छ ।

पचहत्तरवटै जिल्लाबाट एमआरपी वितरण सुरु


२५ कात्तिक, काठमाडौँ । सरकारले आजदेखि मुलुकका ७५ वटै जिल्ला प्रशासन कार्यालयबाट मेशिन रिडेबल पासपोर्ट अएमआरपी वितरण प्रक्रिया थालेको छ ।
यो सँगै अब सर्वसाधारण राहदानी लिन टाढाटाढाबाट काठमाडौँ आउनुपर्ने झण्झटबाट मुक्त हुने भएका छन् । परराष्ट्र मन्त्रलायअन्तर्गतको केन्द्रीय राहदानी कार्यालयले सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै सबै जिल्ला प्रशासन कार्यालयमार्फत राहदानी उपलब्ध गराउन लागेको हो । राहदानी कार्यालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमा फाराम पठाइसकिएको जनाएको छ । फाराम जिल्लामा संकलन गरी जिल्ला प्रशासन कार्यालयले रादानीमा विवरण भर्नका लागि केन्द्रीय राहदानी कार्यलय पठाउने र त्यसपछि जिल्लामा लगेर वितरण गर्ने व्यवस्था सरकारले मिलाएको छ । एक वर्षअघि केन्द्रीय राहदानी कार्यलयले हस्तलिखित राहदानी विस्थापित गरी मेशिनबाट पढ्न मिल्ने एमआरपी वितरण थालेको थियो । भीडभाड बढेको भन्दै केही महिनापछि उपत्यकाका काठमाडौँ, ललितपुर र झक्तपुरबाट पनि राहदानी वितरणको व्यवस्था मिलाइएको थियो । परराष्ट्रले गएको साउन ३१ बाट ३८ वटा जिल्ला प्रशासन कार्यालयबाट रादानी उपलब्ध गराउन थालेको थियो । सर्वसाधारणले साधारण प्रक्रियाबाट ५ हजार र द्रुत सेवामार्फत १० हजार राजश्व बुझाएर राहदानी लिनुपर्नेछ । तत्काल राहदानी आवश्य परेकाले १० हजार रपैयाँ तिरेर एक साताभित्र राहदानी लिन सक्ने छन् । तर, त्यसका लागि भने केन्द्रीय रादानी कार्यालयमै आउनुपर्छ ।
T I A त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घृणित नम्बर ८ :
साना शौचालय, लामो र झन्जट लाग्दो लाइन, एकदमै अभद्र कर्मचारी । अनि समग्रमा नराम्रो व्यवस्थापन र पूर्वाधार भएका विश्वको घृणित विमानस्थलको सूचिमा नेपाल आठौ स्थानमा परेको छ ।
अमेरीकी समाचार संस्था सिएनएनको यात्रासम्बधी वेब साइट सिएनएनगोले तयार पारेको एक समाचार रिपोर्ट अनुसार, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलभन्दा घृणीत विमानस्थल त विश्वमा ७ मात्र छन् । ‘देशको एक मात्र सानो अन्तर्राष्ट्रिय विमान स्थल मुलुकका लागि सबै थोक हो,’ रिपोर्टमा छ, ‘तर अवस्था दयनीय छ ।’ वातावरणले गर्दा उडान ढिला भएको खबर सुन्नु त सामान्य भएको उल्लेख छ । विमानस्थलको आगमन र प्रस्थान कक्षपनि साह्रै अव्यवस्थित छ । पर्यटन वर्ष–२०११ का लागि विमानस्थलमा केही सुधार भइरहेका छन् । तर यसले धेरै यात्रुहरुलाई खासै फरक पार्दैन । ‘प्रस्थानका क्रममा अनगिन्ती पटक शरीर खान्तलासी गरिन्छ र मुर्खतापूर्ण प्रश्नहरु सोधिन्छ,’ त्रिभुवन विमानस्थलविरुद्ध इन्टरनेटमा गरिएको थुप्रै प्रतिक्रियामध्ये एउटालाई सिएनएनले उल्लेख गरेको छ ।
‘ई टिकेट प्रिन्ट गरेर नल्याउनेले भित्र छिर्न झगडै गर्नुपर्ने,’ एक अर्का यात्रुले आफू सातचोटि खानतलासी गरिएको र हाते झोलामा ट्याग नलगाएको भन्दै गाली गरेको दुःखोसे गरे । तर सिएनएन रिपोर्टले अन्तमा भनेको छ, ‘ठीकै छ । काठमाडौका बजारहरु र वरिपरिका डाढाहरु सन्दर छन् ।’सिएनएनका अनुसार सुचिमा राखिएको घृणित विमान स्थलहरु विश्वका सबैभन्दा खराव भने हैनन् । तर यी यात्रुका लागि भने दुःख दिने भएकाले यात्रुहरुले घृणा गर्छन । सूचीको पहिलो स्थानमा फ्रान्सको पेरिसस्थित पेरिस चाल्र्स डे गौली छ । यसमा गरिने दुर्व्र्यहारका कारण विश्वकै सबैभन्दा आलोचित विमानस्थल भएको छ .