Friday, November 11, 2011

पचहत्तरवटै जिल्लाबाट एमआरपी वितरण सुरु


२५ कात्तिक, काठमाडौँ । सरकारले आजदेखि मुलुकका ७५ वटै जिल्ला प्रशासन कार्यालयबाट मेशिन रिडेबल पासपोर्ट अएमआरपी वितरण प्रक्रिया थालेको छ ।
यो सँगै अब सर्वसाधारण राहदानी लिन टाढाटाढाबाट काठमाडौँ आउनुपर्ने झण्झटबाट मुक्त हुने भएका छन् । परराष्ट्र मन्त्रलायअन्तर्गतको केन्द्रीय राहदानी कार्यालयले सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै सबै जिल्ला प्रशासन कार्यालयमार्फत राहदानी उपलब्ध गराउन लागेको हो । राहदानी कार्यालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमा फाराम पठाइसकिएको जनाएको छ । फाराम जिल्लामा संकलन गरी जिल्ला प्रशासन कार्यालयले रादानीमा विवरण भर्नका लागि केन्द्रीय राहदानी कार्यलय पठाउने र त्यसपछि जिल्लामा लगेर वितरण गर्ने व्यवस्था सरकारले मिलाएको छ । एक वर्षअघि केन्द्रीय राहदानी कार्यलयले हस्तलिखित राहदानी विस्थापित गरी मेशिनबाट पढ्न मिल्ने एमआरपी वितरण थालेको थियो । भीडभाड बढेको भन्दै केही महिनापछि उपत्यकाका काठमाडौँ, ललितपुर र झक्तपुरबाट पनि राहदानी वितरणको व्यवस्था मिलाइएको थियो । परराष्ट्रले गएको साउन ३१ बाट ३८ वटा जिल्ला प्रशासन कार्यालयबाट रादानी उपलब्ध गराउन थालेको थियो । सर्वसाधारणले साधारण प्रक्रियाबाट ५ हजार र द्रुत सेवामार्फत १० हजार राजश्व बुझाएर राहदानी लिनुपर्नेछ । तत्काल राहदानी आवश्य परेकाले १० हजार रपैयाँ तिरेर एक साताभित्र राहदानी लिन सक्ने छन् । तर, त्यसका लागि भने केन्द्रीय रादानी कार्यालयमै आउनुपर्छ ।

No comments: