Friday, November 25, 2011

सबैभन्दा हलुका धातुको आविष्कार



वैज्ञानिकहरुले सबैभन्दा हलुका धातुको आविष्कार गरेका छन् । थर्मोकोल भन्दा १ सय गुणा कम हलुका रहेको यो धातु निकै हल्का भएपनि अरु धातुजस्तै बलियो रहेको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
यो नयाँ धातु निकेल फोस्फोरसको सुक्ष्म अंशबाट निर्माण गरिएको हो । निकेल फोस्फोरसमा ९९.९ प्रतिशत हावा हुन्छ । आविष्कार गरिएको नयाँ धातुमा भित्तायुक्त नलीका संरचना छन् र एउटा नली मान्छेको रौँ भन्दा १ हजार गुणा पातलो छ र यो धातु समग्रमा जाली जस्तो छ । यो धातुको घनत्व ०.९ मिल्रि्राम प्रति क्युविक सेन्टिमिटर छ । विश्वमा यसअघि सबैभन्दा हलुका धातुको रुपमा रहेको सिलिका एयरोजेलको घनत्व १ मिल्रि्राम प्रति क्युविक सेन्टिमिटर छ । नयाँ धातु बलियो तथा लचक रहेकाले बाहिरी बल थेग्न सक्ने प्रकारको रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । नयाँ धातु कम तौलका ब्याट्री निर्माण गर्न उपयोगी हुने र त्यस्ता ब्याट्री सफा परिवहनमा उपयुक्त हुने विश्वास गरिएको छ । साथै धेरै बाहिरी धक्का खेप्नुपर्ने संरचना निर्माणका लागि पनि यो धातुको प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरु बताउँछन् ।

No comments: