T I A त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घृणित नम्बर ८ :
साना शौचालय, लामो र झन्जट लाग्दो लाइन, एकदमै अभद्र कर्मचारी । अनि समग्रमा नराम्रो व्यवस्थापन र पूर्वाधार भएका विश्वको घृणित विमानस्थलको सूचिमा नेपाल आठौ स्थानमा परेको छ ।
अमेरीकी समाचार संस्था सिएनएनको यात्रासम्बधी वेब साइट सिएनएनगोले तयार पारेको एक समाचार रिपोर्ट अनुसार, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलभन्दा घृणीत विमानस्थल त विश्वमा ७ मात्र छन् । ‘देशको एक मात्र सानो अन्तर्राष्ट्रिय विमान स्थल मुलुकका लागि सबै थोक हो,’ रिपोर्टमा छ, ‘तर अवस्था दयनीय छ ।’ वातावरणले गर्दा उडान ढिला भएको खबर सुन्नु त सामान्य भएको उल्लेख छ । विमानस्थलको आगमन र प्रस्थान कक्षपनि साह्रै अव्यवस्थित छ । पर्यटन वर्ष–२०११ का लागि विमानस्थलमा केही सुधार भइरहेका छन् । तर यसले धेरै यात्रुहरुलाई खासै फरक पार्दैन । ‘प्रस्थानका क्रममा अनगिन्ती पटक शरीर खान्तलासी गरिन्छ र मुर्खतापूर्ण प्रश्नहरु सोधिन्छ,’ त्रिभुवन विमानस्थलविरुद्ध इन्टरनेटमा गरिएको थुप्रै प्रतिक्रियामध्ये एउटालाई सिएनएनले उल्लेख गरेको छ ।
‘ई टिकेट प्रिन्ट गरेर नल्याउनेले भित्र छिर्न झगडै गर्नुपर्ने,’ एक अर्का यात्रुले आफू सातचोटि खानतलासी गरिएको र हाते झोलामा ट्याग नलगाएको भन्दै गाली गरेको दुःखोसे गरे । तर सिएनएन रिपोर्टले अन्तमा भनेको छ, ‘ठीकै छ । काठमाडौका बजारहरु र वरिपरिका डाढाहरु सन्दर छन् ।’सिएनएनका अनुसार सुचिमा राखिएको घृणित विमान स्थलहरु विश्वका सबैभन्दा खराव भने हैनन् । तर यी यात्रुका लागि भने दुःख दिने भएकाले यात्रुहरुले घृणा गर्छन । सूचीको पहिलो स्थानमा फ्रान्सको पेरिसस्थित पेरिस चाल्र्स डे गौली छ । यसमा गरिने दुर्व्र्यहारका कारण विश्वकै सबैभन्दा आलोचित विमानस्थल भएको छ .

No comments:
Post a Comment